Logo

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ



काठमाडौं, फागुन १० । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घट्दै प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्