Logo

क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को लगातार गुम्यो २ विकेट



काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा ब्याटिङ गरिरहेको नेपाल ए लाई लगातार २ झड्का लागेको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिरैयालाई गुमाएको हो । २८ रन जोडेका उनी १३।५ ओभरमा साद विन जफरको बलमा आउट भएका हुन् । भने आशुतोष् पछि मैदान आएका शेर मल्ल शून्य रनमै आउट भएका छ्न ।

ताजा अवस्थामका नेपाल ए ले १४ ओभरमा २ विकेट गुमाएर ५५ रन जोडेको छ । नेपालको क्रिजमा अहिले ओपनर अर्जुन कुमाल २० रन जोडेर खेलिरहेका छन् ।

मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।

पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।

नेपालको प्लेइङ-११; अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी

बेन्च – रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी



प्रतिक्रिया दिनुहोस्