Logo

रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी गराउन माग



काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको आजको बैठकमा रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरिएको छ ।

सभाको विशेष समयमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरु न श्वास, न आशको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गरे ।

“नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन ? औपचारिकरुपमा केही जानकारी पाउन सकेको छैन ?”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्