Logo

धर्मनिरपेक्ष बनाएर गलत गरेको शशांक कोइरालाको टिप्पणी, गठबन्धन अनावश्यक



काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद शशांक कोइरालाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर गलत गरिएको टिप्पणी गरेका छन् । उनले धर्म जहिल्यैपनि स्वतन्त्र हुने भन्दै निरपेक्ष भनेर लेखेर गल्ती गरिएको टिप्पणी गरेका हुन् ।

पार्टीको महासमितिको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । महासमिति सदस्यहरुले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गर्दा शशांकले पनि हस्ताक्षर गरेका छन् । उनी सुरुदेखि नै पार्टीमा हिन्दूराष्ट्रको पक्षमा उभिँदै आएका छन् ।

सो क्रममा उनले पार्टीलाई गठबन्धन आवश्यक नभएको पनि टिप्पणी गरे । शशांकले चुनावअघि गठबन्धन गर्नु गलत र दुर्भाग्य भएको बताए । उनले भने,‘चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त सरकार बनाउँदा मात्रै बनाउनुपर्छ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । कांग्रेसको तर्फबाट मत खस्छ । ३६४ दिन कांग्रेस बन्ने मत हाल्ने दिन चाहिँ अरुलाई हाल्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन ।’



प्रतिक्रिया दिनुहोस्