Logo

महासमिति बैठकमा अलिअलि होहल्ला भयो, त्यसले पनि उत्साह थपेको छः नेता सिटौला



काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र रहेको असमझदारी मेटिएर बृहत एकता भएको बताएका छन् । आज (बिहीबार) महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको आन्तरिक जीवनमा बैठकले उर्जा प्रदान गरेर असमझदारीलाई मेटाएको बताएका हुन् ।

‘हाम्रो बीचमा बृहत एकता भएको छ । अलिअलि असमझदारी केही थियो भनेपनि सबै मेटिएको छ । हाम्रो बीचमा पूर्ण समझदारी भएको छ । केन्द्रमा भएको छ, महासमितिमा भएको छ । अलिअलि होहल्ला भयो, त्यसले पनि उत्साह थपेकै छ । म सबै साथीहरुको स्प्रिटको उच्च कदर गर्न चाहन्छु,’– उनले भने ।

साथै, कांग्रेसले नहार्ने उनको दाबी छ । आगामी निर्वाचनमा बहुमतको नतिजा निकाल्ने तयारीका साथ कांग्रेस लागिपर्ने उनको भनाइ छ । महासमिति बैठक उत्साहको साथ समापनको अवस्थामा आइपुगेको उनको भनाइ छ । कांग्रेसको इतिहास सबै चुनौतिहरुको समाना गर्न सक्ने इतिहास भएको उनको दाबी छ । मुलुक सामु देखिएको सबै समस्याको समाधान गर्न सक्ने, विचार बुद्धि र बल कांग्रेससँगमात्रै रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्