Logo

आज कहाँ-कहाँ हुदैछ वर्षा र हिमपात ?



काठमाडौं, फागुन ११ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको विभागले जनाएको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्