Logo

संसद् चल्न नदिने राप्रपाको चेतावनी



काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनाका सन्र्भमा संसद्मा प्रधानमन्त्री वा सरकारका प्रतिनिधिहरुले जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुन ६ गते संसद्मा सम्बोधन गर्ने क्रममा बालकुमारी घटना ‘हत्या हो’ भनेको भन्दै उनले यदि हत्या हो भने सरकारले हत्याराहरुलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताए । संसद्मा जनताका प्रतिनिधिहरुले उठाएका विषयमा सरकारले जवाफ दिन छाडेको भन्दै उनले आपत्ति जनाए ।

‘आज प्रधानमन्त्री, गृहमन्त्री आउने हो कि कुनै मन्त्री आउने हो ? हत्या गरेका हत्यारालाई किन पक्राउ नगरेको ? रोस्टमबाट जवाफ चाहिन्छ । होईन भने संसद् चल्दैन । किने भने यो रत्नपार्क होईन, यहाँ उठाएको आवाज सरकारले जवाफ दिनुपर्छ । सरकारले जवाफ दिँदैन भने संसद्को महत्व के हुन्छ ? हामीले बोल्दै जाने सभामुखले टाउको हल्लाउँदै जाने ? मन्त्री, प्रधानमन्त्री र सरकारले जवाफ नदिने हो भने यो संसद् किन चलाउन पर्यो ?’ उनले भने ।

फागुन ६ गते १२ बजेर १२ मिनेट २७ सेकेन्डमा बालकुमारी घटना हत्या भनेर संसद्मा बोलेको भन्दै उनले उक्त घटनाका दोषी भौतिक पूर्वाधार मन्त्री ज्वाला, गृहमन्त्री नारायनकाजी श्रेष्ठ र गोली हान्ने डीएसपीलाई पक्राउ गरेर अनुसन्धान हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्