Logo

नेपालले भारतबाट फाइदा लिन स्मार्टनेस देखाउनुपर्छ : राजकिशोर यादव (भिडिओसहित)



काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले नेपालले भारतबाट ठूलो फाइदा लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै यादवले भारतको विकासबाट नेपालले लाभ लिनको लागि आफ्नो क्षमता बढाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने,‘हामी नेपालीहरुले भारतले गरेको विकासबाट कसरी फाईदा लिने भनेर हाम्रो क्षमता देखाउनुपर्छ । हामीले आफ्नो स्मार्टनेस देखाउनुपर्ने बेला आएको छ ।’ उनले नेपालको आन्तरिक राजनीतिमा भारतको कुनै चासो नरहेको पनि सुनाए ।

यादवले नेपालमा सरकार बनेको दिनदेखि नै यसको आयु गन्न थालिने गरिएको भन्दै यसलाई दुर्भाग्यको संज्ञा दिए । राजनीतिक अस्थिरता नेपाल र नेपालीहरुको नियती बनेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बेला आएको यादवको भनाई थियो ।

अहिलेको राष्ट्रिय राजनीति हेरेर ठीक भैरहेको छ भनेर भन्ने स्थिति नरहेको उनको दाबी छ । उनले अहिले नै सरकार नै परिवर्तन हुने अवस्था आफूले नदेखेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्