Logo

संसद्मा उठ्यो महासचिव पाण्डेयको नागरिकता र पासपोर्ट विवादको विषय



काठमाडौं,११ फागुन । संघीय संसद्का महासचिव डा.पद्य प्रसाद पाण्डेयको नागरिकता र पासपोर्ट विवादले प्रतिनिधि सभामा प्रवेश पाएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको तीन नागरिकता र दुई पासपोर्ट रहेको विषय उठाएका हुन् ।

सांसद सापकोटाले प्रतिपक्षी दलहरुले विवादित मन्त्रीहरुके मात्र राजीनामा मागेको तर, नागरिकता र पासपोर्ट विवादमा परेका पाण्डेयको बारेमा कुनैपनि प्रश्न नगरकेो भन्दै त्यतातिर पनि ध्यान दिन आग्रह गरेका हुन् ।

“म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न,” उनले भने, “संसद्‌मा हाम्रो महासचिवको तीन वटा नागरिकता छ दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न ।”

पाण्डेसँग तीन नागरिकता र २ पासपोर्ट रहेको भन्दै आलोचना भईरहेको छ । उनको नियुक्रि बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत पुगेको थियो । तर, सर्वोच्चका मूख्य रजिष्टारले रिट दरपीठ गरिदिएका थिए ।

रिठ दरपीठविरुद्ध परेको अर्को निवेदन पनि गत साता सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दरपीडलाई सदर गरेको थियो । दरपीठ भएसँगै उनको नागरिकता र पासपोर्ट विवाद कानूनीरुपमा समाप्त भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्