Logo

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ : मन्त्री यादव



काठमाडौँ, ११ फागुन । खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको बताए ।

मन्त्री यादवले दीर्घकालीनरुपमा समस्या समाधानका लागि तराई–मधेसमा रहेका अधुरा खानेपानी ट्याङ्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको बताए ।

“मधेस–प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विकल्प प्राकृतिक पुनर्भरणका रुपमा रहेको चुरे क्षेत्र हो । चुरे संरक्षण नै यसको दिगो समाधान हो”, उनले भने । रासस/file photo



प्रतिक्रिया दिनुहोस्