Logo

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना



काठमाडौं, फागुन १२ । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन्। अध्यक्षमा ढुङ्गानाले प्रतिस्पर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै विजयी भएका हुन्। उनने दुई सय ८७ मत पाएका छन् भने पाण्डेले २ सय १८ मत प्राप्त गरे। अर्का उम्मेदवार दुर्गा जोशीले ६३ मत पाए।

अध्यक्षका लागि तीनजना उम्मेदवार थिए। तीनैजना अध्यक्षका उम्मेदवारले प्यानल नै बनाएर चुनाव लडेका थिए। सहमति नजुटेपछि अधिवेशन उद्घाटन भएको ६ दिनपछि शुक्रबार मतदान भएको थियो। त्यस्तै,उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट, उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएका छन्।

मतदान गए राति सकिएको थियो । मतगणना भने आज बिहान सकिएको हो । यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । पाँच सय ९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा पाँच सय ७७ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्