Logo

भारतीय नम्बरको कारले ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाईते



कैलाली, फागुन १२ । कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। भने २ जना घाईते भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतीपुर चोकस्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राती मृत्यु भएको हो।

ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उक्त कार र चालक लम्कीचुहा नगरपालिका वडा नं १० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कार चालक लम्कीचुहा नगरपालिका९६ मा अन्य दुई जनालाई ठक्कर दिएर घाइते बनाएर भागेका थिए ।

घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन । मनिरामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्