Logo

सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी, हातहतियार जल्यो



काठमाडौं, १२ फागुन । बारा जिल्लाको विश्रामपुर गाउँपालिकास्थित प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । एफओबीमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीमा हातहातियार र गोलीगट्ठा सबै जलेर नष्ट भएको बताइएको छ ।

आगलागीमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । एफओबीमा रहेका हातहतियार, गोलीगट्ठा, कागजात र खाद्यन्न र लत्ताकपडा आगलागीमा जलेर नष्ट भएको बताइएको छ । करिब दिउँसो ३ बजेबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्