Logo

राजनीतिक दलहरु मिलेर नगए उपलब्धिमाथि भइरहेको प्रहार रोक्न सकिँदैनः महामन्त्री थापा



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलहरुले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न ढंगले प्रहार भइरहेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले उपलब्धिमाथि भइरहेको प्रहार रोक्नका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

राजनीतिक दलहरु मिलेर अगाडि नबढे उपलब्धिमाथिको प्रहार रोक्न नसकिने बताए । सबै दल र नेताहरु मिलेर प्राप्त उपलब्धिलाई रक्षा गर्नेबारेमा छलफल गर्न आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्