Logo

दादुरा-रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु



काठमाडौं, फागुन १३ । आजदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ । दादुरारुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै ७५ जिल्लाम आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (ललितपुर,भक्तपुर र काठमाडौं) सहित तराइका भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्लामा ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुबेलाको खोप लगाइने र बाँकी जिल्लामा ८ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ।

काठमाडौमा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।

जाजरकोट र रुकुम पश्चिममा भने खोप अभियान सम्पन्न भइसकेको छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा(रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।

सन् २०२६ सम्म दादुरा(रुवेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा(रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने चिकित्सकहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot