Logo

नेपाल वाफ महिला फुटबलको सेमिफाइनलमा प्रवेश



काठमाडौं, फागुन १३ । नेपाली राष्ट्रिय महिला फुटबल टोली वाफ महिला च्याम्पियनसिप-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली टोली समूह विजेता बन्दै च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाली टोलीले शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो गोल अन्तरले हराएको छ । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २ गोल गर्दा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे । नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot