Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं, फागुन १३ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot