Logo

२ रन जोडेका कुशल एलबीडब्लु धरापमा, नेपाललाई तेस्रो झड्का



काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट पनि गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर ७१ रन जोडेको छ ।

कुशल मल्ल तेस्रो विकेटका रूपमा व्यक्तिगत २ रनमा आउट भए। पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो ।

आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भए । भिभियान किङ्माले २ र आर्यन दत्तले एक विकेट हात पारे । दत्तले आफ्नो पहिलो ओभरमा कुशललाई आउट गरे ।

उनी एलबीडब्लु धरापमा परेका थिए। कुशल भुर्तेल ३६ रनमा खेल्दैछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot