Logo

१ रनमै रनआउट भए ऐरी, नेपाललाई पाँचौ झड्का



काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले पाँचौ विकेट पनि गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले २७।४ ओभरमा बास डि लिडको बलमा दीपेन्द्रसिंह ऐरी रनआउट भएका हुन् । १२ बलको सामना गरेका उनले मात्र १ रन जोड्न सके ।

पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो ।

आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भएका थिए । ताजा अवस्थामा नेपालले २८ ओभरमा ५ विकेट गुमाएर ९३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्