Logo

नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक, नेपालको १०० रन पूरा



काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध ओपनर कुशल भूर्तेलले अर्धशतक हिर्काएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले लगातार विकेट गुमाएर पाली धरापमा परिरहँदा भुर्तेलले अर्धशतक हिर्काएका हुन् ।

उनले ७८ बलमा ५ चौकाको मद्दतमा ५१ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । भूर्तेलको अर्धशतक सँगै नेपालले १०० रन पूरा गरेको छ ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको आठौँ अर्धसतक हो। नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर एक सय १ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot