Logo

इनिङ्स सम्हालिरहेका भुर्तेल ६६ रनमा आउट, नेपाललाई सातौँ धक्का



काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध ओपनर कुशल भूर्तेल पनि आउट भएका छन् ।

ओपनर कुशल भुर्तेल ६६ रन बनाएको अवस्थामा आउट भएका छन्। अन्य सबै ब्यारट फ्लप सावित भएको अवस्थामा कुशलले नेपालको स्कोर १०० रनमाथि लगेका थिए।

उनी भान डेर मेर्वेको बलमा क्याच आउट हुन पुगेका हुन्। नेदरल्याण्ड्सविरुद्ध कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाए। उनी ३७ ओभरको तेस्रो बलमा आउट हुन पुगे। यो सँगै नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको घरेलु टोलीले ३७ ओभरको खेल जारी रहँदा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएर खेलिरहेको छ।

आरिफ शेख ६ र गुलशन झा शून्य रनमा नटआउट छन्।



प्रतिक्रिया दिनुहोस्