Logo

ठूला दलका ठूला नेतालाई सोविताको प्रश्न: हाम्रो भविष्य छैन भनेर देख्ने तपाईंहरु त्रिकालदर्शी बाबा हो ?



काठमाडौं,१३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ सोविता गौतमले पूराना भनिएका दलहरुले आफूहरुको बारेमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिनेक्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गौतमले नयाँ दल र तीनका नेताहरुको भविष्य छैन भनेर ठूला दलका ठूला नेताहरुले गरेको प्रचारबारे आपत्ति जनाएकी हुन् । उनले ठूला नेताहरूले हाम्रो भविष्य छैन भनेको भन्दै, उहाँहरू त्रिकालदर्शी बाबा हो भन्दै प्रश्न गरेकी छन् ।

‘उहाँहरू हाम्रो भविष्य छैन भन्नुहुन्छ, उहाँहरू त्रिकालदर्शी बाबा हो ? तुरुन्तै हाम्रो भविष्य देखिहाल्ने। हामी इमानको जगमा उभिएर राजनीति गरिरहेका छौँ,’ उनले भनिन्।

उनले गौरवपूर्ण इतिहास बनाउन सडक र कलेजमा गएर आगो लगाउनुपर्ने हो? भन्दै प्रश्न गरिन्। 

‘न गौरवपूर्ण इतिहास छ न भविष्य छ भन्नुहुन्छ। हामीले पनि गौरवपूर्ण इतिहासका लागि के गर्नुपर्ने हो? गौरवपूर्ण इतिहास भनेको के हो? हाम्रो पार्टीका नेताले पनि सडक र कलेजमा जाम गर्ने, आगो लगाउने हो?,’ उनको प्रश्न छ।



प्रतिक्रिया दिनुहोस्