Logo

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति



काठमाडौं । २३ दिनदेखि पैदल हिँडेर न्याय मार्च गरेको मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयले वार्ता टोली बनाएको छ ।

मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गर्दै आन्दोलनरत पीडितलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको छ ।

‘संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मिटरब्याज तथा ठगी बिरूद्ध किसान मजदुर संघर्ष समितिलाई गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ, ‘मिटरब्याज समस्या समाधानका लागि मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकाले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु हुन आदेशानुसार अनुरोध छ।’

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्