Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने



काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनस् बस्ने गरी सकिएको छ ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे अभिमुखीकरण दिएका छन् ।

माओवादी स्थायी समिति बस्नुअघि प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए। पदाधिकारीसँग संवादपछि स्थायी समिति बैठक बसेको हो ।

आगामी मंगलबार बस्ने बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा पनि छलफल हुने बताईएको छ ।

माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्