Logo

मनकुमारीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं, १३ फागुन । जिल्ला अदालत काठमाडौंले अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले उनीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति माग गरेको थियो ।

उनले थापाथलीस्थित परोपकार प्रसुती गृहबाट गत शुक्रबार २६ दिनको शिशु चोरेर लगेकी थिईन् । प्रहरीले उनलाई सोही राति कांडाघारीबाट पक्राउ गरेको थियो ।

अर्काको बच्चा चोरेको अभियोगमा पक्राउ गरेकी सिंह विरामी परेपछि अहिले उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्