Logo

सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता



काठमाडौं, फागुन १४ । सरकार र मिटर ब्याज पीडितबीच आज पनि वार्ता हुँदैछ। सरकार र पीडितबीच अहिले बिहान ११ बजेदेखि पुनः हुने वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरू पनि सहभागी हुँदैछन् ।

आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए। आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए। टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन्।

सरकारले गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ। गृहले मिटरब्याजसँग सम्बन्धित समस्या समाधान लागि कानुन संशोधन, अधिकारसम्पन्न आयोग गठन, दुवै पक्षबीच मेलमिलाप गराउने र सहमति नभएका विषयमा कानुनबमोजिम मुद्दा दर्ता गर्नेलगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने विषय उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्