Logo

गगनको प्रस्तावः ‘अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीलाई घर पठाऔं’



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीहरुलाई फिर्ता पठाउन पर्ने बताएका छन् ।

संसद् निरन्तर अवरोध हुँदा मूल विषय पनि छाँयामा परेको उनले बताए । उनले आसनको दायाँ, बायाँ बस्ने, काखको, पाखको कसैलाई नहेरी अख्तियारले डामेका, आयोगले पोलेका, सरकारी जग्गामा आँखा गाडेका, सहकारी ठगीमा मुछिएकाहरुलाई घर पठाएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोरेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने र दुई/चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होईन, घर पठाएर अनुसन्धान गरौं । यति गर्न सकिए के होला ? निर्दोष भए फर्किएर आउनु होला, फूलमाला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड सजाय भोग्नुहोला,’– उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतको नैतिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षले निरन्तर संसद् अवरोध गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्