काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जानकारी दिएको छ ।
आजको बैठकमा बालकुमारी घटनामा मूख्य दोषी करार भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालको बारेमा पनि छलफल हुनेछ । ज्वाला पार्टीका उपमहासचिव पनि हुन् । उनको राजीनामा माग्दै संसद्मा दिनहुँ रडाको हुँदै आएको छ । तर, उनले संसद्मा जवाफ दिन समेत अस्वीकार गरेका छन् ।