Logo

राष्ट्रिय मुक्ति क्रान्तिबारे के भने राजेन्द्र महतोले ?



काठमाडौं, १४ फागुन। राजेन्द्र महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भइरहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रिय मुक्ति आन्दोलनको घोषणाको क्रममा महतोले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–‘नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरुको वैचारिकी धराशयी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र हो, सोतर्फ नेपालको राजनीतिक स्वभाविक रुपले अगाडि बढ्छ नै । तसर्थ देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलार्य मुक्ति दिलाई देशका सबै वर्ग, समूदाय, धर्म,जातजाति, क्षेत्र, लिङका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नको लागि विगतमा जस्तै मधेशी, आदिवासी, जनजाति, थारु, दलित, मुस्लिम, पिछडा वर्गलगायत सबै एकमत भई मिलेर जुटौं र आफ्नो सत्ता हाँसिल गरौं भनेर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्