Logo

भ्रष्टाचारमा नाम मुछिएका स्वास्थ्यमन्त्री बस्नेत बोले : दोषी देखिए पदमा बस्दिनँ



काठमाडौं, १४ फागुन । टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार भएको भनेर नाम मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू यो प्रकरणमा दोषी देखिए पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले टेरामक्स प्रणालीमा कुनै अनियमितता नभएको पनि दाबी गरे ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो जिकिर गरेका हुन् । मन्त्री बस्नेतले निजी दूरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामक्स प्रणालीको कुरा निकालिएको स्पष्ट पारेका छन् । उनले भने,‘उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपी भन्न मिल्दैन । दोषी देखिए पदमा बस्दिन ।’

पछिल्लो समय टेरामक्स प्रकरणमा भ्रष्टाचार भएको भन्दै मन्त्री बस्नेतलाई अख्तियारले बयान लिएको चर्चा छ । यही प्रकरणमा प्रतिपक्षी दल एमालेले मन्त्री बस्नेतको राजीनामा मागिरहेको छ । कांग्रेसकै गगन थापाले पनि विवादमा मुछिएका मन्त्रीहरुलाई घर पठाउनुपर्ने भनेर पटक पटक आवाज उठाएका छन् । थापाले आजपनि यो विषय उठाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot