Logo

स्वास्थ्य उपकरण खरिदमा विशाल पण्डितको साम्राज्य खडा, कुन-कुन ठेक्का कसरी हत्याए भन्ने सामाग्री प्राइम टिभीमा आज प्रसारण हुँदै (With Promo)



काठमाडौं, १४ फागुन । नेपालमा सत्ताको पहुँचमा हुनेहरुले कसरी देशलाई लुट्छन भन्ने कुरा विभिन्न काण्डहरुमा जोडिएका व्यवसायी र मन्त्रीहरुको नामले पनि पुष्टि गरिसकेको छ । नेपालमा पछिल्लो समय राजनीतिक सरंक्षणको नाममा हुने भ्रष्टाचारमा अख्तियारले मिहीन ढंगले अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । तर, कतिपय मुद्दा राजनीतिक दबाबकै कारण कमजोर पनि बनाईएको र साना माछामात्रै कारबाहीको दायरामा आउने गर्दा अख्तियारको विश्वसनियतामा प्रश्न उठ्ने गरेको छ ।

अहिले स्वास्थ्य सामाग्री खरिदमा ब्रम्हलुट हुने गरेको तथ्य बाहिरिएको छ । खासगरी विशाल पण्डितले स्वास्थ्य सामाग्री खरिदमा डरलाग्दो चलखेल गरेको तथ्य प्राइम टिभीले फेला पारेको छ । यससम्बन्धी विशेष सामाग्री आज राति प्राइम टिभीको प्राईम न्यूजमार्फत प्रसारण हुने जनाईएको छ । पण्डित र उनको गिरोहले कर्मचारी नै सरुवा गराएर खरिद प्रक्रियामा चलखेल गर्ने गरेको प्राइमले सार्वजनिक गरेको प्रोमोमा उल्लेख गरिएको छ ।

खासगरी मधेश प्रदेश सरकारमा पण्डित समूहले कर्मचारी सरुवा गराएर स्वास्थ्य सामाग्री खरिदमा एकलौटी राज गरेको प्राइमले उल्लेख गरेको छ । यसमा उसले पण्डितले केन्द्रीय सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग नै सेटिङ गरेको र करोडौंको ठेक्का कब्जा गरेको प्राइमको दाबी छ ।

पण्डित र यसको समूहले औषधी उपकरण खरिददेखि ल्याबसम्ममा खेलोफड्को गर्ने गरेको कुरा प्रोमोमा उल्लेख गरिएको छ । उक्त प्रोमोमा प्राइमले राज्यलाई घात गर्नेहरु र पण्डितलाई पोस्नेहरुको नाम सार्वजनिक गर्ने दाबी गरिएको छ । अनि पण्डितले कुन कुन ठेक्का कसरी हत्याए ? भनेर पनि भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्