Logo

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा



काठमाण्डौं, फागुन १५ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान साढे ११ बजेदेखि शुरु हुने आजको खेललाई नेपालले आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रुपमा यो शृङ्खलालाई लिएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी– २० शृङ्खला खेल्न लागेका हुन् ।नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यो शृङ्खलाका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी–२० आई टोलीमा छैनन् । नेपालको टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्