Logo

आज मगर एकता दिवस : मगर बाहुल्य क्षेत्रमा स्थानीय विदा



काठमाडौं, फागुन १५। आज ४२औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी आज यो दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।

आज मगर बाहुल्य क्षेत्रका दर्जनौँ स्थानीय तहले स्थानीय विदा दिएका छन् । दिवसका अवसरमा पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सबै स्थानीय तहले स्थानीय विदा दिने निणर्य गरेका छन् । त्यहाँ मगर समुदायका विभिन्न संघसंस्थाहरूले झाँकी प्रदर्शनसहित सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्