Logo

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका मन्त्रीहरुको बारेमा सार्वजनिक रुपमा बोलेकोमा मिनेन्द्र रिजाल असन्तुष्ट (भिडिओसहित)



काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले पार्टीमा अहिले गठबन्धन गर्ने वा नगर्ने भनेर बहस गर्नुभन्दापनि निर्वाचनको लागि तयारी गर्नुपर्ने बताएका छन् । महामन्त्री गगनकुमार थापाले पार्टीका मन्त्री फिर्ता बोलाउनेबारे सार्वजनिक रुपमा धारणा राखेको पनि उनले गुनासो पोखे । यस्ता विचार पार्टीको फोरममा राख्नुपर्ने उनको सुझाव थियो ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुको बारेमा आफूलाई असहयोग भयो भनेर बोलेकोमा पनि असन्तुष्टि पोखे । उनले यदि कांग्रेसका मन्त्रीहरुबाट असहयोग भएको भए प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्ने सुझाए । तर, बाहिर बोल्नु गलत भएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्