Logo

भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट



काठमाडौँ, १५ फागुन । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा.सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छिन् । परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्