Logo

जसपाको बागमती प्रदेशस्तरिय भ्रातृसङ्गठनहरुको भेला सकियो



काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले बागमती प्रदेशस्तरीय भ्रातृसङ्गठनको भेला गरेको छ । जसपाले मङ्गलबार बालकुमारीमा प्रदेशअन्तर्गतका भ्रातृसङ्गठनहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको भेला गरी पार्टीको आगामी महाधिवेशन र भ्रातृ सङ्गठनहरुको भूमिकाका बारेमा अन्तक्रिया गरिएको थियो ।

सो अन्तक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले युवा, विद्यार्थी, खेलकुद, साँस्कृतिक, महिला, पेसाकर्मी, किसानलगायतका सङ्गठनमा आवद्ध रहेका पदाधिकारी तथा सदस्यहरुले पार्टीको आगामी महाधिवेशनमा प्रतिनिधि बन्न र उम्मेदवार बन्न पुरा गर्नुपर्ने प्रक्रिया र आवश्यक मापदण्डका बारेमा प्रकाश पारे ।

कार्यक्रममा पार्टीका राजनीतिक सदस्य एवम् बागमती प्रदेश सह इन्चार्जद्वय सुनी लामा, लालबहादुर तामाङ, पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, बागमती प्रदेश समितिका अध्यक्ष जय गोले, मुख्य सचिव अर्जुन कुवरलगायत उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्