Logo

सरकार र मिटरब्याज पीडितबीचको वार्ता निश्कर्षविहीन



काठमाडौं, १६ फागुन । सरकार र मिटरब्याज पीडितहरुको वार्ता निश्कर्षविहीन बनेको छ । आज (बुधबार) गृहमन्त्रालयमा दुई पक्ष वार्ताका लागि बसे पनि ठोस सहमति जुट्न नसकेको हो ।

वार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुसवाहले कुनै ठोस निश्कर्षमा पुग्न नसकिएको बताए । उनले सरकारले आफूहरुको समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलन जारी रहने बताए ।

फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने र अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने मिटरब्याज पीडितहरुको माग छ ।

पीडितहरु २३ दिन पैदल हिँडेर गत साता काठमाडौं आइपुगेका थिए । सरकारले मिटरब्याज सम्बन्धि समस्या समाधानका लागि कानुन बनाए पनि उक्त कानुन पीडितको पक्षमा प्रभावकारी नरहेको उनीहरुको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्