Logo

माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नु स्वभाविक होः कांग्रेस नेता रायमाझी



काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एमालेले चाहेर वर्तमान सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–माओवादी बाहेक अरुले चाहेर वर्तमान सत्ता गठबन्धनमा तलमाथि नहुने बताएका हुन् ।

‘गठबन्धन एमालेले गरेको होईन, कांग्रेस–माओवादीहरुले गरेको हो । गठबन्धन एमालेले भत्काएर भत्किँदैन, कि कांग्रेसले भत्काउन पर्यो कि माओवादीले,’– उनले भने ।

नेता रायमाझीले राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले दाबी गर्नु स्वभविक रहेको बताए । उनले माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेर पनि सत्तारुढ दलमा छलफल भएर निश्कर्षमा पुगिने बताए । राष्ट्रपति निर्वाचनमा पनि सत्तारुढ गठबन्धन दलका आ–आफ्नै दाबी रहेको अवस्थामा सहमति जुटेको स्मरण गराउँदै उनले राष्ट्रिय सभाको अध्यक्षमा पनि सहमति हुने बताए ।

‘माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्छ भनेर माग गर्नु स्वभाविकै हो नि । पहिला राष्ट्रपतिमा पनि त अरु दलले पनि माग गरेका थिए । त्यो स्वभाविक नै हो ।’ नेता रायमाझीले भने, ‘अब निर्णय त बसेर सल्लाह गरेर हुने हो नि त । दाबी नै राख्न नपाउने भन्ने कहाँ हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्