Logo

रेनुको निम्तो मान्न भरतपुर जाँदै केपी ओली, हेलिकप्टरमा जाने



काठमाडौं, १७ फागुन । राष्ट्रियसभाको अध्यक्षको लागि यही फागुन २९ गते हुने निर्वाचनको मुखमा एमाले–माओवादीबीच सहकार्य हुन लागेको चर्चाबीच एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भरतपुर जाने भएका छन् ।

भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘भरतपुर भ्रमण वर्ष’को उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल चितवन जान लागेका हुन् । मेयर रेनु दाहाल निम्तो दिन गएकै दिन एमाले अध्यक्ष ओलीले पनि कार्यक्रममा सहभागी हुने वचन दिएका थिए ।

उक्त भ्रमण वर्षको भोलि नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन हुनेछ । सो निम्तो मान्नको लागि प्रधानमन्त्री दाहालसँगै ओलीपनि एउटै हेलिकप्टरमा जाने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्