Logo

डब्ल्यूएचओमा सहमति निर्माताको भूमिका खेलिरहेका छौँ : पियुष गोयल



अबु धाबी (युएई), १७ फागुन । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार विश्व व्यापार सङ्गठन (डब्ल्यूएचओ) मा सहमति निर्माताका रूपमा भारतले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले धेरै देशहरूका कारण डब्ल्यूएचओले यस सहमतिमा बाधा महशुस गरिरहेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

“भारतको स्थिर स्थिति हेरेर विश्वले बुझ्नु पर्नें बताउँदै उनले विश्व व्यापार सङ्गठनको काम सहज सुचारु नभएको तर भारत सहमति निर्माण लागि महत्वपूर्ण भूमिका खेल्दै आएपनि कतिपय देशले आँफैले गरेका सहमतिलाई यो वा त्यो बहानामा तोड्दै गरेको भेटिएको छ,” गोयलले १३ औं मन्त्रीस्तरीय सम्मेलनमा भने ।

उनले भारतलगायत विकासशील देशहरूको चिन्तालाई सम्बोधन गर्न कडा वकालत गरे । उनले सार्वजनिक स्टकहोल्डिङको स्थायी समाधानजस्ता मुद्दाहरूमा द्रूत ध्यान दिन उनले आह्वान गरे ।

गोयलले भारत निष्पक्ष खेल, न्यायको बलियो सिद्धान्तमा खडा रहेको बताउँदै विश्व व्यापार सङ्गठनमा लिइएका सबै निर्णयहरू भारतीय किसानहरूको सर्वोत्तम हितलाई ध्यानमा राख्दै काम गर्ने र दिगो विकास लक्ष्यहरू पूरा गर्ने सुनिश्चित गर्न चाहने बताए ।

भारतीय किसानहरूको चिन्तालाई सम्बोधन गर्दै गोयलले भाजपा सरकार किसानहरूको पक्षमा काम गरिरहेको र भाजपा आफ्नो प्रतिवद्धताबाट पछि नहट्ने उल्लेख गरे ।

वाणिज्य मन्त्रीले अनुचित व्यापार अभ्यास र डब्ल्यूटीओका नियमको उल्लङ्घनसँग सम्बन्धित उजुरीहरूको समाधान गर्ने निकायको पुनःस्थापना गर्न आग्रह गरे । यसले राष्ट्रहरूलाई स्थापित समाधान प्रक्रियामार्फत विवाद सम्बोधन गर्न सक्षम बनाउनेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot