Logo

शर्मिला वाईबालाई थप चार दिन हिरासतमा राख्न अनुमति



काठमाडौं, १७ फागुन । प्रहरी हिरासतमा रहेकी शर्मिला वाइबालाई थप चार दिन हिरासतमा राख्ने अनुमति प्रदान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा वाईबामाथि पक्राउ गरेर अनुसन्धान जारी छ ।

वाईबाले आफूलाई कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी) ले जाहेरी दिएका थिए ।

खतिवडाले जाहेरी दिएपछि वाईबा भागेर सिन्धुपाल्चोक पुगेकी थिईन् ।

प्रहरीले उनलाई हिजो अपरान्ह सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याएका हो ।



प्रतिक्रिया दिनुहोस्