Logo

गीतकार डा.विष्णु मूर्ति भट्टराईको गीत ‘रुन्न बरिलै’ सार्वजनिक



काठमाडौं, १७ फागुन । गीतकार डा.विष्णु मूर्ति भट्टराईको गीत ‘रुन्न बरिलै’ सार्वजनिक भएको छ । उक्त गीत सुजाता पाण्डेको स्वरमा रहेको छ ।

उक्त गीत तेज संगीत नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा तेजप्रसाद पाण्डेको सङ्गीत, सुरेश सेन्चुरीको सङ्गीत संयोजन रहेको छ ।

सुजाता नेपाल आइडल सिजन वान, टप फाइभमा पुग्न सफल गायिका हुन् । निकै मीठो स्वरकी धनी सुजाताको आवाजमा रहेको गीत ‘रुन्न बरिलै’ सार्वजनिक भएको हो ।

गीतकार डा. भट्टराई लामो समयदेखि गीत लेखन र साधनामा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot