Logo

ढाकास्थित एक व्यापारिक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु



काठमाडौं, फागुन १८ । बंगलादेशको ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । उपचारका लागि अस्पतालहरुमा पठाइएका मध्ये सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनासहित ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

आगलागीमा परेका दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । रेस्टुरेन्ट, कपडा र मोबाइल फोन पसलहरू रहेको सो भवनमा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे आगलागी भएको हो । एक रेस्टुरेन्टबाट सुरु भएको आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot