Logo

सरकारले लोकतन्त्र पनि लजाउने ब्यवहार गर्योः राजेन्द्र महतो (भिडिओसहित)



काठमाडौं, १८ फागुन । राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गरेका राजेन्द्र महतोले वर्तमान सरकारको व्यबहारले लोकतन्त्र पनि लजाएको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता चान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र विश्वकको उत्कृष्ट व्यवस्था भएपनि अहिलेका शासकहरुको एकल चिन्तन र नश्लीय चिन्तनको आधारमा राज्य चलाउन खोजेको बताए । उनले आफूलाई व्यवस्था भन्दा पनि व्यवस्थाको प्रयोग र विषय वस्तुमाथि चिन्ता रहेको उनले बताए । १० वर्ष जनयुद्ध लडेका नेता प्रधानमन्त्री हुँदा जनताको पीडा पोख्ने थलोमा प्रतिबन्ध लगाइएको भन्दै उनले आपत्ति जनाए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र बडा राम्रो ब्यवस्था हो । दुनियाँको सर्वोकृष्ट व्यवस्था हो । तर, त्यसको प्रयोग कस्तो भइरहेको छ ? त्यसको भित्रको विषयवस्तु कस्तो छ ? त्यहाँ चिन्ताको विषय हो । यो लोकतान्त्रिक मूल्य मान्यता लोकतन्त्रलाई पनि लाज लाग्ने भयो ।’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा यस्तो ब्यवहार राज्यले, सरकारले गर्छ भनेपछि, गणतन्त्रका लागि १० वर्ष जनयुद्ध लडेको प्रधानमन्त्री अहिले । अनि उहाँको कार्यकालमा जनताको पीडा राख्ने थलोलाई प्रतिबन्ध लगाउने, हुँदा–हुँदा फुटपाथसमेत प्रतिबन्ध लगाउने ?’

वर्तमान संविधान नश्लीय चिन्तनबाट बनाइएको र चलाइएको उनको आरोप छ । देश सबै नेपालीको भएपनि सो भावनाअनुसार संविधान नबनेको उनले टिप्प्णी गरे ।



प्रतिक्रिया दिनुहोस्