Logo

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी



काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्ने तयारी गरेका छन् । यसको लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सल्लाह गरिसकेको स्रोतको दाबी छ ।

मन्त्री बस्नेतमाथि टेरामक्स प्रविधि घोटालामा अख्तियारले एक्सन लिन लागेको भन्दा अगाडि नै प्रधानमन्त्री दाहालले बर्खास्त गर्ने तयारी गरेका छन् । बस्नेत सञ्चारमन्त्री हुँदा उक्त प्रविधिमा घोटालामा मुछिएका हुन् ।

यसअघि हालै बसेको सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईले पनि टेरामक्स प्रविधि घोटालाको विषयमा मुद्दा दर्ता गर्ने तयारी भएको जानकारी गराएका थिए । अख्तियार प्रमुखले नै यस्तो जानकारी गराएपछि प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै मन्त्री बस्नेतलाई बर्खास्त गर्न लागेको बुझिएको छ ।

कांग्रेसका नेताहरुले नै भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताउन थालेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले त अख्तियारले डामेकालाई सरकारबाट फिर्ता बोलाउनुपर्ने भनेर संसद्मै आवाज उठाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्