Logo

मिटरव्याज पीडितहरुले भेटे एमाले महासचिव पोखरेल



काठमाडौं, १८ फागुन । आफूहरूका समस्या समाधान नभएपछि सङ्घर्षमा उत्रिएका मिटरव्याज पीडितहरूले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई भेटी आफ्ना माग पूरा गराउन आवश्यक पहलका लागि अनुरोध गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको भेटमा महासचिव पोखरेलले मिटरव्याज पीडितहरूको आन्दोलनप्रति पार्टीको ऐक्यवद्धता रहेको र संसदबाट कानुन समेत बनेको हुँदा सरकारले मिटरव्याजीहरूलाई कारबाही र पीडितहरूलाई न्याय दिनुपर्ने पार्टीको धारणा जानकारी गराएका थिए ।

पोखरेललाई भेट्न मिटरव्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समिति नेपालका प्रवक्ता निर्ग नविनको नेतृत्वमा बोधकुमारी गिरी, उमेश गिरी र विशाल क्षेत्री नेकपा (एमाले) केन्द्रीय कार्यालय गएका थिए ।



प्रतिक्रिया दिनुहोस्