Logo

अहिलेको गठबन्धन पाँचै वर्ष चल्ने उपप्रधानमन्त्री खड्को दाबी, समस्या नआउनेमा विश्वस्त



काठमाडौं, १८ फागुन । उपप्रधान एवम् क्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । बाहिर हल्ला भएजस्तो गठबन्धनमा कुनै समस्या नआएको उनको दाबी छ । आज (शुक्रबार) देखि सुरु कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शंका नगर्न भने । निर्वाचनका वेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने उनको दाबी छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्