Logo

मिटरब्याज पीडितहरूको आन्दोलनमा नेविसंघको साथ (फोटोफिचर)



काठमाडौं, १८ फागुन । सयौं किलोमिटर मार्चपास गर्दै न्यायको लागि काठमाडौं आएका मिटरब्याज पीडितहरुले आफ्नो आन्दोलन जारी राखेका छन् । पीडितहरुले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

यसअघि उनीहरु निषेधित क्षेत्र भनिएको संसद् भवन परिसरभित्रै प्रवेश गरेर प्रदर्शन गरेका थिए । सो क्रममा कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो । मिटरब्याज पीडितहरुको आन्दोलनमा नेविसंघ केन्द्रीय कार्यसमितिले नै ऐक्यबद्धता जनाएको छ।

नेविसंघका नेता तथा कार्यकर्ताहरु ब्यानरसहित पीडितहरुको पक्षमा आन्दोलनमा उत्रिएका हुन् । नेविसंघ केन्द्रीय सदस्य पूजा फुयाँलले पीडितहरुको माग पूरा नभएसम्म आफूहरुको साथ रहने जानकारी दिईन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्