Logo

सुशासनको पक्षमा नयाँ योजना तयार पारेको गृहमन्त्री श्रेष्ठको खुलासा



काठमाडौं, १९ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियान जारी रहने बताएका छन् । उनले वर्तमान सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको पनि खुलासा गरे ।

आज (शनिबार) गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले देशमा व्यवस्था परिवर्तन भएपनि जनताको जीवनस्तरमा तात्विक फरक नआएको स्विकारे । उनले भने,‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था तात्त्विक भिन्नता आउन सकेको छैन। विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको छ, अब प्रतिगमन मुर्दावाद भनेर व्यवस्थाको रक्षा हुँदैन । सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नुपर्छ ।’

यस्तै, उनले पीडितलाई न्याय हुनेगरि शान्ति प्रक्रिया टुँगो लाग्ने बताए । अहिले दलहरुबीच टिआरसी विद्येयक टुँगो लगाउनको लागि शीर्ष तहमा छलफल भैरहेको बेलामा मन्त्री श्रेष्ठको यस्तो भनाई आएको हो ।



प्रतिक्रिया दिनुहोस्