Logo

शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घट्नाले बेचैन बनाएको छ : ओली



काठमाडौं, १९ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको शिशु निकेतना स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घट्नाले आफूलाई बेचैन बनाएको टिप्पणी गरेका छन् । उनले यस्तो संवेदनशील घट्नामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस भनेका छन् । उनले सबैले उक्त घट्नाको अनुसशन्धानलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

ओलीले फेशबुकमा लेखेका छन्-

चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।



प्रतिक्रिया दिनुहोस्